लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

कञ्चनपुर- पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ । लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन सुरु गरेको हो ।

पार्टी कार्यालयबाट सुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग बाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको छ । प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनर्स्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत हुने जिल्ला सचिव भीम भट्टले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो ।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको थियो । उनलाई भने महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

Loading...