साफ च्याम्पियनसिप फुटबलको फाइनलः नेपाल र भारत आज भिड्दै

काठमाडौं, ३० असाेज- साफ च्याम्पियनसिप फुटवल अन्र्तगत आज नेपाल र भारतबीच उपाधि भिडन्त हुँदैछ। फाइनल खेल आज नेपाली समय अनुसार राति पौने ९ मा हुनेछ। पहिलोपटक साफको फाइनलमा पुगेको नेपालले बलियो टिम भारतविरुद्ध जित निकालेर नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ। जसका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए ।

Dadeldhura hospital

शुक्रबार भर्चुअलबाट आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली टिम शारीरिक र मानसिक रुपमा तयार रहेको, तर अघिल्लो खेलमा वार्मअपका बेला घाइते भएका पुजन उपरकोटी खेल्ने नखेल्ने यकिन नभएको बताएका छन्।

Navadurga sun
Godawari sandesh

भारतविरुद्ध पहिले भएका गल्ति सच्याएर सुधारेर खेल्ने नेपालको तयारी छ। मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सट्टा पत्रकार सम्मेलनमा उपस्थित भएका किरणले भारत बलियो दावेदार भएपनि आफूहरु इतिहास रच्नका लागि खेल्ने बताएका छन्।

त्यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमिमा इतिहास बनाउने लक्ष्यमा रहेको र फाइनलमा गोर्खाली पाराले खेल्ने बताए।

Loading...