अत्तरियामा अनुमति बिना सञ्चालन भएको आयुर्वेदिक शिविर बन्द

अत्तरिया- कैलालीको अत्तरिया क्षेत्रमा अनुमति बिना सञ्चालन गरिएको आयुर्वेदिक उपचार शिविर प्रशासनले बन्द गराएको छ। जगत गुरु (शिवशक्ति बाबा) ले गोदावरी नगरपालिका–२ स्थित नमस्ते होटलमा विगत चार दिनदेखि विभिन्न रोग निको पार्ने दाबी गर्दै शिविर सञ्चालन गरेका थिए।

सुरुमा निःशुल्क भनिएको उक्त शिविरमा पछि शुल्क लिन थालिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि प्रशासनले आवश्यक अनुमति कागजात माग गर्दा शिवशक्ति बाबाले अनुमति पत्र देखाउन नसकेपछि शिविर बन्द गर्न निर्देशन दिइएको हो।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार यसअघि नै उनलाई बिना अनुमति यस्ता कार्यक्रम सञ्चालन नगर्न चेतावनी दिइएको थियो।

प्रशासनले शिविरमा औषधिको उच्च मूल्य लिइएको र प्रवेश शुल्कसमेत उठाइएको गुनासो आएको जनाएको छ। शिविर सञ्चालनका क्रममा सेवाग्राहीको भीडसमेत लागेको थियो।

चैत १४ गतेसम्म सञ्चालन गर्ने योजना रहेको उक्त शिविर प्रशासनको निर्देशनपछि मंगलबार नै बन्द गरिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...