कैलालीका इँटा उद्योगमा वर्षाले ७ करोडभन्दा बढी क्षति

कैलाली-  शुक्रबार परेको अविरल वर्षाका कारण जिल्लाका इँटा उद्योगहरूमा ठूलो आर्थिक क्षति पुगेको छ। वर्षाका कारण काँचो इँटा पूर्ण रूपमा नष्ट हुँदा करिब ७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

जिल्लामा सञ्चालनमा रहेका ५२ वटा इँटा उद्योगमध्ये प्रत्येक उद्योगमा करिब ५ लाखदेखि ७ लाख रुपैयाँसम्मका काँचो इँटा बिग्रिएका छन्। निर्माण प्रक्रियामा रहेका काँचो इँटा वर्षाले भिजाएर नष्ट गर्दा उद्योगीहरूले लगानी गरेको पूँजी डुबेको छ।

Navadurga sun

सेती–महाकाली इँटा उद्योग सङ्घका अध्यक्ष विनोदकुमार शाहका अनुसार वर्षाले काँचो इँटा उत्पादनमा लगाइएको पूँजी पूर्ण रूपमा नष्ट पारेपछि उद्योगीहरू गम्भीर आर्थिक संकटमा परेका छन्। उनले सरकारले क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...