सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, शीर्ष चार लक्ष्य

धनगढी- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

यस सिजनदेखि धनगढीस्थित एसपीए कलेजले ३ वर्षका लागि पुरुष र महिला दुवै टोलीको मुख्य प्रायोजन गरेको छ। कार्यक्रममा शाहीले टोलीलाई च्याम्पियन बन्ने लक्ष्यका साथ अघि बढ्न शुभकामना दिएका छन् भने अन्य कर्पोरेट संस्थालाई पनि जोड्ने प्रयास भइरहेको बताएका छन्।

Navadurga sun

अध्यक्ष जोशीले सहयोगका लागि धन्यवाद दिँदै मैदानमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। कप्तान मल्लले टोली सन्तुलित रहेको र शीर्ष चारमा रहने लक्ष्यसहित काठमाडौं प्रस्थान गर्ने बताए।

टोलीमा शेर मल्ल, किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...