प्लानेट भिटी मन्टेश्वरी स्कूल अत्तरियाको तेस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया, ५ चैत- कैलालीको अत्तरिया स्थित प्लानेट भिटी मन्टेश्वरी स्कूलले आफ्नो तेस्रो वार्षिक उत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार भव्य र उत्साहजनक वातावरणमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयकी प्रिन्सिपल कल्पना बिष्ट शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अभिभावक प्रतिनिधि प्रज्ञा भट्टराई तथा युवा नेता लोकराज पाण्डे ‘आगो’को उपस्थिति रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमको सुरुवात कक्षा १ का विद्यार्थी सोयंसा भट्टले स्वागत मन्तव्य प्रस्तुत गर्दै गरेकी थिइन्, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो । त्यसैगरी विद्यालयका अध्यक्ष पुष्कर शर्मा जोशीले पनि सहभागीहरूलाई स्वागत गर्दै विद्यालयको उद्देश्य र भावी योजनाबारे जानकारी गराउनुभयो । कार्यक्रमको सञ्चालन एपेक्स एकेडेमीका शिक्षक भरत धामीले गर्नुभएको थियो ।

आफ्नो सम्बोधनका क्रममा विद्यालयका अध्यक्ष पुष्कर शर्मा जोशीले गुणस्तरीय र व्यवहारिक शिक्षाको अभावलाई मध्यनजर गर्दै विद्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले सानो प्रयासबाट सुरु गरिएको यो विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Dadeldhura hospital

उहाँले विद्यालयमा बालबालिकाको सुरक्षा, अनुशासन र समग्र विकासलाई प्राथमिकता दिइएको बताउँदै अभिभावकहरूलाई कुनै किसिमको शंका वा असुरक्षा नराख्न आग्रह गर्नुभयो । साथै उहाँले निकट भविष्यमा कम्प्युटर कक्षा, नृत्य प्रशिक्षण तथा स्विमिङ पूल जस्ता आधुनिक सुविधाहरू थप गरिने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै युवा नेता लोकराज पाण्डे ‘आगो’ले विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसलाई क्षेत्रकै उत्कृष्ट र आधुनिक विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ प्रविधिसँगै शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाउनु प्रशंसनीय भएको बताउँदै अन्य विद्यालयहरूले पनि यसबाट सिक्नुपर्ने धारणा राख्नुभयो ।

साथै उहाँले संस्कृत शिक्षाको महत्वबारे चर्चा गर्दै नगरपालिकाले संस्कृत शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । संस्कृत शिक्षा नेपाली तथा हिन्दु संस्कृतिका लागि अपरिहार्य भएको उहाँको भनाइ थियो । साथै विगतमा नगरपालिका संकटमा परेको बेला स्थानीय बोर्डिङ विद्यालयहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल कल्पना बिष्ट शर्माले विद्यालयले छोटो अवधिमै प्राप्त गरेको उपलब्धिबारे चर्चा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले विद्यालयमा हाल १३५ जना विद्यार्थी अध्ययनरत रहेको र १५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो । साथै अभिभावक तथा सरोकारवालाहरूको सुझावलाई आत्मसात् गर्दै विद्यालयलाई अझ उन्नत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थी तथा शिक्षकहरूले प्रस्तुत गरेका नृत्य, सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई थप रोचक र मनोरञ्जनपूर्ण बनाएका थिए । समग्रमा कार्यक्रम सफल, व्यवस्थित र प्रेरणादायी रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

Loading...