टीकापुरमा स्मृति पार्क बन्ने

टीकापुर- २०८० असोज २० मा इजरायलमा मारिएका एघार नेपाली विद्यार्थीको स्मृतिमा टीकापुरमा पार्क बन्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चरबाट सिक्दै कमाउँदै कार्यक्रममा इजरायल गएका विद्यार्थीहरुमाथि हमासले गरेको आक्रमणबाट नेपाली विद्यार्थीहरु मारिएका थिए ।

हमासको आक्रमणमा परी ज्यान गुमाएका दश जना विद्यार्थीहरुको शव त्यति बेला र वेपत्ता विपिन जोशीको शव दुई वर्षपछि प्राप्त भएको थियो । विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डीन कार्यालय रहेको टीकापुरमा स्मृति पार्क बन्न लागेको हो । करीब २५ लाखको लागतमा बन्न लागेको पार्कको आइतबार इजरायली राजदूत श्मुलीक एरी बासले शिलान्यास गरेका छन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

पार्क शिलान्यास कार्यक्रममा बोल्दै राजदूत बासले सिक्ने उद्देश्यले मात्रै इजरायल गएका नेपाल लगायतका अन्य देशका विद्यार्थी मारिएकोमा क्षमा मागे। उनले इजराइली र विदेशी गरी एकै पटक एक हजार २०० जनाको ज्यान गएको उक्त घटना इजरायलले बिर्सन नसक्ने बताएका छन्।

मृतक विद्यार्थीका परिवारलाई आवश्यक परेको जुनसुकै बेला सिधा फोनमा कुरा गर्न पनि उनले अनुरोध गरे। ६८ दशमलव ५ मिटर लम्बाइ र ३३ मिटर चौडाइ रहेको स्मृति पार्कको ५० प्रतिशत केन्द्र पार्क र २५/२५ प्रतिशत फूलहरु रहनेछन् भने त्यसको बीचमा स्मृति स्तम्भ र वरिपरी एघार जना स्वर्गीय विद्यार्थीहरुको प्रतिमा राखिनेछ ।

यो पार्क निर्माणका लागि केही इजरायली सरकार, केही विश्वविद्यालय र केही अन्य निकायको सहयोग रहने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायका डीन प्राध्यापक डाक्टर विष्णुविलाश अधिकारीले बताए। क्याम्पस स्थलमा स्वर्गीय विद्यार्थीहरुको आत्मा शान्तिका लागि हिन्दू धर्मशास्त्र अनुसार एकाह पूजा पनि गरिएको छ ।

Loading...