विश्व उपभोक्ता अधिकार दिवसमा उपभोक्ता आफै सचेत बन्न आग्रह

धनगढी- आफ्नो अधिकार सुनिश्चित गर्न उपभोक्ता आफै सबैभन्दा सजग बन्न आवश्यक रहेको सरोकारवाला निकायले बताएका छन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आइतबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

Ganyapdhura gau

कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय सुदूरपश्चिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

Navadurga sun
Godawari sandesh

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले उपभोक्ता आफै जिम्मेवार भए धेरै समस्यामा सुधार आउन सक्ने विश्वास व्यक्त गरे। उनले बजार सुधारका लागि सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने र देशका तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए।

उद्योग वाणिज्य संघ सुदूरपश्चिमका उपाध्यक्ष अनिलकुमार भजनीयाले उत्पादन गर्ने निकायले आफ्ना उत्पादन खानयोग्य छन् कि छैनन् भन्ने प्रश्न आफैलाई गर्नुपर्ने बताए। बजार अनुगमन उद्योगसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय अनलाइन मार्केटिङ ठूलो चुनौती बनेको उल्लेख गरे।

Dadeldhura hospital

उपभोक्ताहित संरक्षणका उपाध्यक्ष धनपति ढुंगेलले बजारमा राज्यको बलियो उपस्थिति आवश्यक रहेको औंल्याए। डिजिटल सामग्रीले बजारमा ठूलो प्रभाव पारेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका कार्यकारी प्रमुख ज्योति भट्टले खरिद गरिएको सामान एक हप्तासम्म फिर्ता गर्न सकिने नीति भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए।

यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले उपभोक्ताले ठगिनबाट बच्न स्वयं सचेत बन्नुपर्ने बताए।

“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ भएको कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख सुरेश प्रसाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रमुख जोशीले बजार अनुगमन र त्यसको प्रभावबारे प्रस्तुति दिँदै विगत वर्षको तुलनामा बजार अनुगमन कम भएको जानकारी दिए। उनले भदौ २३ र २४ गते भएको जेज्जी आन्दोलनका कारण अनुगमन कार्यक्रम प्रभावित भएको बताए।

उपभोक्ताले अनलाइनमार्फत पनि गुनासो राख्न सक्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले कार्यालयको वेबसाइटमा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्न सकिने बताए। कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयका प्रमुख हेमन्तबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो।

Couple
Loading...