धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ५२ वर्षीया मनदेवि विष्ट तीन दिनदेखि बेपत्ता भएकी छन् ।




परिवारका अनुसार उनी घरबाट बाहिर निस्किएपछि हालसम्म सम्पर्कविहीन भएकी हुन् । उनका श्रीमान् चन्द्र बहादुर विष्टले मनदेविको मानसिक अवस्था कमजोर रहेकाले घरबाट निस्किएपछि फर्केर नआएको बताएका छन् ।


परिवारले आफन्त तथा स्थानीयवासीसँग खोजी कार्य जारी राखेको जनाएको छ । उनको बारेमा कसैलाई कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा परिवारलाई सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।




