सञ्चारकर्मिहरुकै सुझाव अनुसार आमसञ्चार नीति बनाई प्रदेश आम सञ्चार ऐन ल्याउने : मन्त्री जोशी

बैतडी, २७ असाेज- सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मिहरुकै सुझाव अनुसार आमसञ्चार नीति बनाएर मात्रै प्रदेश आम सञ्चार ऐन ल्याउने बताएका छन् ।

मंगलबार रेडियो सनशेरको कार्यक्रम नागरिकको निगरानीमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । विभिन्न प्रदेशहरुमा आमसञ्चार नितिका बारेमा प्रेसलाई नियन्त्रण गर्न खोजिएको भन्दै बिरोध भईरहेका बेला सुदूरपश्चिममा संचार मन्त्रालयको जिम्मेवारी समेत लिनु भएका मन्त्री जोशीले यस्तो बताएका हुन् । उनले भने, ‘पत्रकार तथा संञ्चारकर्मिहरुको व्यपक सहभागिता र सुझाव अनुसारनै सञ्चार निति बन्नेमा ढुक्क हुनुस, हामी प्रेसलाई पुर्ण स्वतन्त्र बनाउने पक्षमा छौँ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बहसको क्रममा पत्रकार नरी बडु को प्रश्नहरूको जवाफ दिँदै मन्त्री जोशीले प्रदेश प्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने र त्यसका लागि स्वतन्त्र रुपमा लेख्ने, बोल्ने कुरामा कुनै अंकुस नलगाईने बताए । उनले भने, ‘केहि व्यवस्थापन गर्न भने जरुरी छ । कुनै व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अपमान हुने किसमका कुराहरुमा भने संचार जगतले ध्यान दिनुपर्छ ।’ अहिले सुदूरपश्चिम प्रदेश सरकाले मस्यौदा समिति निर्माण गरि आमसञ्चार नितिका बारेमा जिल्ला–जिल्लामा बहस तथा छलफल गरिरहेको छ ।

सुदूरपश्चिमका नागरिकको जनजिविकाका सवालमा पनि सुदूरपश्चिम सरकार जिम्मेवार रहेको मन्त्री जोशीले बताइन् । उनले भने, ‘अहिले हामी पाईपमा ग्याँस होइन, ग्रामिण क्षेत्रमा पाईपमा पानी ल्याईरहेका छौँ, विस्तारै ग्यासको सपना पनि पुरा होला तर, पाईपमा पानी नआईकन ग्यास ल्याउछौँ हामी भन्दैन, जनतासंग झुटो बोल्नु हुदैन् ।’

नागरिकका आधारभुत आवश्यकता र मौलिक हकको समेत कार्यान्वयन हुन नसकेको अवस्थामा निवर्तमान प्रधानमन्त्री केपी ओलीले कोरा गफ मात्रै गर्ने र आफुलाई देवत्वकरण गर्ने परिपार्टीका कारण आफुहरुले विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपरेको समेत उनले बताए । सुदूरपश्चिमका महिला, दलित लगायत पछाडी पारिएका वर्गको उत्थानकाका विषयमा समेत सुदूरपश्चिम प्रदेश सरकार कटीवद्ध रहेको मन्त्री जोशीले बताइन्।

Loading...