मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलासा

धनगढी- कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ।

गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो ।

Navadurga sun

शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको उनकै श्रीमानले हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

२८ वर्षीय मगरु चौधरीले कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...