प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले मंगलबार सीमा क्षेत्र र मतदानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरेको हो।

Navadurga sun
Godawari sandesh

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातदेखि नै सीमा नाका सिल गरिएको छ। अत्यावश्यक सेवासँग सम्बन्धित आवागमन बाहेक अन्य आवागमनमा रोक लगाइएको छ।

Couple
Loading...