शुभकामना आदान-प्रदान तथा प्रतिभा सामुदायिक पुस्तकालयको वार्षिक मुखपत्र ‘प्रतिभा’ विमोचन

Purbadhar dadeldhura

अत्तरिया, २६ असोज- सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड नं. १ अत्तरियामा अवस्थित प्रतिभा सामुदायिक पुस्तकालयमा आज बडा दशैं, शुभ दीपावली तथा छठ-पर्व २०७८ को शुभ उपलक्षमा आयोजित शुभकामना आदान-प्रदान तथा संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ विमोचन कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाल सरकारका पूर्व स्वास्थ्य निर्देशक एवम् धनगढी, कैलाली स्थित भागेश्वर ऐकेडेमी फर हेल्थ साइन्सका संस्थापक डा.लक्ष्मीराज पाठक एवम् अत्तरिया स्थित सशस्त्र प्रहरीवल वैद्यनाथ बाहिनीका बाहिनीपति (डि.आई.जी.) श्री दुर्गाप्रसाद भट्टराई रहेका थिए ।

Malpot office dadeldhura

‘प्रतिभा’ वार्षिक मुखपत्रका प्रधान सम्पादक निर्मलकुमार भण्डारीले ‘प्रतिभा’ मुखपत्रको विविध पक्षमा प्रकास पारेका थिए भने अन्य आमन्त्रित अतिथिहरुले वधाई तथा शुभकामना मन्तव्यहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पसप्रमुख डम्मरबहादुर पाल, दुर्गालक्ष्मी नमुना मा.वि.का प्रधानाध्यापक शिवराज जोशी, पुर्चौणी नगरपालिका हाट बैतडीका प्रमुख प्रसाशकीय अधिकृत वीरबहादुर नेपाली, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष असोकराज देवकोटा, शिखर नगरपालिका डोटीका अधिकृत छैठौं तहमा कार्यरत एवम् साहित्यकार डिलबहादुर महरा, नायवसुब्बा एवम् महिला साहित्यकार रोजी सिंह, अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति विष्णुबहादुर कठायत, उप-प्राध्यापकहरुः ऋषिराज जोशी, नरेन्द्रबहादुर ऐर, भूपेश जोशी, जनकराज जोशी, तीर्थराज जोशी, अत्तरिया क्षेत्रका शिक्षकहरुमा तर्कराज भट्टराई, राजन आचार्य, हरिप्रिया भट्ट, शिवराज जोशी, रामचन्द्र जोशी, तेजराज भट्ट, लोकराज जोशी, तीर्थराज ओझा, वरिष्ठ अधिवक्ता दीपकराज जोशी, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधि डम्बरबहादुर खड्का, अत्तरिया खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष टीकादत्त जोशी, बास्कोटा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष हेमप्रकाश मल्ल, इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक दानबहादुर रोकाया, नेपाल भारत मैत्री संघ अत्तरिया उपशाखाका सभापति हरिप्रसाद ओझा, ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय अत्तरिया शाखा प्रमुख इन्दु दिदी, गोदावरी नगरपालिका वडा नं. २ स्थित शिव मन्दिर सेवा समितिका अध्यक्ष पुष्पराज भट्ट, अत्तरिया स्थित सु.प.समावेशी आधारभुत विद्यालयका संस्थापक एवम् राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रिय सदस्य मानबहादुर साउँद, सु.प.क्षेत्रका प्रख्यात ड्यौडा गायक दीर्घराज फुलारा, थ्री.डी.भी.एल.क्रिएसनका अध्यक्ष दीपकराज ओझा, गोदावरी एफ.एम.का पत्रकार हेमराज भट्ट, गौरागीत विशेषज्ञ एवम् ड्यौडा गायक गिरिराज अवस्थी, यज्ञराज भण्डारी, डम्बर भण्डारी, अत्तरिया क्षेत्र वरपर रहेका विभिन्न विद्यालयका विद्यार्थीहरु, सु.प.प्रदेश युवा परिषद्का कार्यकारी सदस्य शेरबहादुर विष्ट रहनु भएको थियो ।

त्यसैगरी साहित्यकारहरुमा जहरसिंह थापा, तोयनाथ भट्ट, विष्णु अनुरागी, लोकराज भण्डारी, उमाकान्त रोश्यारा, विश्वनाथ कापडी, तीर्थराज ओझा (गड्सेरी माइला) लक्ष्मीप्रसाद भण्डारी, स्थानीय समाजसेवीहरुमा हेमराज पन्त, दामोदर रिजाल, खगराज पाठक, विश्वनाथ ओझा, सुरतबहादुर कार्की, भगवतीदेवी पाठक, कविराज जोशी, विक्रम बहादुर खड्का, खम्बसिंह बुढा, वीरबहादुर भाट, धनीराम पनेरु, शरदप्रसाद पन्त, शेरबहादुर विष्ट, भोजराज अवस्थी, डण्डीराज जोशी लगायतका सहभागि रहेका थिए । आमन्त्रीत अतिथिहरुले बडादशैं तथा शुभदीपावलीकोे शुभ उपलक्षमा शुभकामना मन्तव्य प्रदान गरेका थिए भने ड्यौडा कलाकार दीर्घराज फुलारा, गिरिराज अवस्थी र यज्ञराज भण्डारीले आ-आफ्ना गीति रचनाहरु प्रस्तुत समते गरेका थिए ।

संस्थाको ‘प्रतिभा’ वार्षिक मुखपत्रका कार्यकारी सम्पादक एवम् वर्तमान् पुस्तकालय कार्य समिति सदस्य लिलाधर बास्कोटाको स्वागत मन्तव्यबाट सुरु भएको शुभकामना आदान-प्रदान कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य एवम् कैलाली जन पुस्तकालयका अध्यक्ष डा. टी.एन. जोशीले गरेका थिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...