रास्वपाका बलायर कांग्रेसमा प्रवेश, आनन्दद्वारा पार्टीमा स्वागत

अत्तरिया- गोदावरी नगरपालिका -३ मालाखेती निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता महेश बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

Ganyapdhura gau

उनीलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्दै आनन्द बिष्टले युवाशक्तिको साथ र विश्वासले लोकतान्त्रिक शक्तिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना र सुशासनका लागि आफू प्रतिबद्ध रहेको बताए।

नवप्रवेशी बलायरले देशमा वैकल्पिक राजनीति खोज्ने क्रममा आफू सक्रिय भए पनि अहिले लोकतान्त्रिक मूल्य–मान्यता र स्थिर विकासको एजेन्डासहित कांग्रेसमै भविष्य देखेको बताए। उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

हालै कैलाली क्षेत्रमा विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढिरहेको छ। स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

Couple
Loading...