सुदूरपश्चिममा निर्वाचन सुरक्षाबारे प्रदेश प्रमुखलाई ब्रिफिङ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ लाई प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराएका छन्। शुक्रबार प्रदेश प्रमुख निवासमा आयोजित भेटमा प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरूले सुरक्षा अवस्थाबारे ब्रिफिङ दिएका हुन्। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र कैलालीका प्रमुख जिल्ला अधिकारीको पनि उपस्थिति रहेको थियो।

प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल ले प्रदेश एकीकृत सुरक्षा योजनाबारे जानकारी गराउँदै निर्वाचनलाई लक्षित गरी आवश्यक तयारी भइरहेको बताए। नेपाली सेनाका पृतनापति किरण केशी ले प्रदेशको समग्र अवस्था हालसम्म शान्तिपूर्ण रहेको र निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउन सेना प्रतिबद्ध रहेको उल्लेख गरे।

Navadurga sun

प्रदेश प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले अतिरिक्त प्रहरी परिचालन, मतदानस्थल सुरक्षा तथा समग्र सुरक्षा रणनीतिबारे जानकारी दिए। उनले जेलबाट फरार केही कैदीबन्दीको खोजी भइरहेको र अधिकांश पुनः कारागार फर्किसकेको बताए। सम्पर्कविहीन केही व्यक्ति भारततर्फ हुनसक्ने अनुमान गरिएको उनले जानकारी दिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ले मतपत्र ढुवानीदेखि मतदान व्यवस्थापनसम्मका तयारी तीव्र गतिमा अघि बढेको बताउँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रशासन सक्रिय रहेको जनाए। खुला सीमाका कारण सुरक्षा चुनौती देखिए पनि भारतीय पक्षसँग समन्वय गरी सीमा सुरक्षा कडा पारिएको उनले बताए।

ब्रिफिङपछि प्रदेश प्रमुख मियाँले शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा निकायले देखाएको सतर्कताको प्रशंसा गर्दै नागरिक–सुरक्षाकर्मी सहकार्यले मात्र भयरहित निर्वाचन सम्भव हुने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...