कैलाली–४ मा आनन्द बिष्टप्रति युवाको आकर्षण बढ्दो, १० जेन–जी युवा कांग्रेसमा प्रवेश

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द) प्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। यसै क्रममा गौरीगंगा नगरपालिका–३ झिलाका १० जना जेन–जी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

झिल वासुदेवमा आयोजित विशेष भेटघाट कार्यक्रममा खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशीलाई उम्मेदवार बिष्टले टीका तथा खादा लगाएर स्वागत गरेका थिए। उनले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ हुने र विकास–समृद्धिको यात्रामा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नवप्रवेशी युवाहरूले शिक्षा, रोजगारी, पूर्वाधार विकास र पारदर्शी नेतृत्वका स्पष्ट एजेन्डासहित अघि बढिरहेका बिष्टप्रति आकर्षित भएर कांग्रेसमा आबद्ध भएको बताए। उनीहरूले ‘रूख’ चुनाव चिह्नमा मतदान गरी बिष्टलाई विजयी गराउने प्रतिबद्धता समेत जनाएका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय क्षेत्र नम्बर ४ मा युवापुस्ताको झुकाव निर्णायक बन्दै गएको छ। सामाजिक सञ्जाल र घरदैलो अभियानमार्फत प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आएका बिष्टप्रति युवाहरूको समर्थन बढ्दो रहेको आकलन गरिएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा यस्ता प्रवेश र समर्थनले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

Loading...