धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न

धनगढी- धनगढी उपमहानगरपालिकाको आयोजनामा माघ ५ गतेदेखि फागुन १३ गतेसम्म सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय सीप तथा रोजगार मेला सफलतापूर्वक सम्पन्न भएको छ। मेलामा सुदूरपश्चिम प्रदेशका ८४ पालिकाका करिब ६०० युवायुवतीले २२ विभिन्न विषयमा तालिम प्राप्त गरेका छन्, जसमा दुई तिहाइ महिला सहभागी थिए।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना का अनुसार यो मेला युवाहरूलाई स्वरोजगार बन्न र आत्मनिर्भर हुन महत्वपूर्ण सहयोग पुग्ने कार्यक्रम हो। उनले हरेक वर्ष मेलालाई निरन्तरता दिने योजना रहेको र यस्ता तालिमले युवाहरूको भविष्य निर्माणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

Navadurga sun

मेलामा विभिन्न क्षेत्रका रोजगारदाताबाट १४५ जनाको माग आएको थियो। १३६ जनाले अन्तर्वार्ता दिएका थिए र २१ जनालाई रोजगारी प्राप्त भएको छ। मेलामा २१६ जनाले उद्यमशीलता विकास तालिम र २२३ जनाले रोजगार परामर्श कार्यशालामा सहभागिता जनाएका थिए।

धनगढी उपमहानगरपालिकाले यस कार्यक्रममार्फत युवाहरूलाई सीपमूलक शिक्षा, स्वरोजगार र रोजगारमूलक अवसर प्रदान गर्दै स्वदेशमै आत्मनिर्भर बन्न प्रेरित गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...