गोदावरी नगरपालिकाद्वारा कक्षा ५ र ८ वार्षिक परीक्षा समयसारिणी सार्वजनिक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले २०८२ सालको आधारभूत तह (कक्षा ५ र ८) वार्षिक परीक्षा सञ्चालनको समयसारिणी सार्वजनिक गरेको छ । नगरपालिकाको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले तय गरेको निर्णय अनुसार परीक्षा चैत्र ५ गतेदेखि १२ गतेसम्म बिहान ८ बजेबाट सञ्चालन हुने नगरपालिकाका शाखा अधिकृत प्रयागराज जोशीद्वारा हस्ताक्षरित सूचनामा जानकारी गराइएकाे छ ।

Dadeldhura hospital

परीक्षा तालिका (मुख्य विषयहरू):
अंग्रेजी: चैत्र ५ गते, बिहिबार
– नेपाली: चैत्र ६ गते, शुक्रबार
– गणित: चैत्र ८ गते, आइतबार
विज्ञान/शिक्षा/शुक्ल यजुर्वेद: चैत्र ९ गते, सोमबार
– सामाजिक अध्ययन/मानव मूल्य शिक्षा/कर्मकाण्ड: चैत्र १० गते, मंगलबार
स्वास्थ्य/शारीरिक तथा सिर्जनात्मक कला/संस्कृत व्याकरण: चैत्र ११ गते, बुधबार
– हाम्रो गोदावरी/संस्कृत भाषा: चैत्र १२ गते, बिहिबार

Navadurga sun
Godawari sandesh

सादर अवगतार्थ नगर प्रमुख र उपप्रमुखलाई समेत समयसारिणी पठाइएको छ ।

 

Loading...