परदेशबाट फर्किँदै कामदार, मतदानमा सहभागी हुन गौरीफन्टा नाकामा चहलपहल

धनगढी- ऐतिहासिक जनआन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मताधिकार प्रयोग गर्न परदेशिएका नेपाली कामदारहरू स्वदेश फर्किन थालेका छन् । पर्याप्त रोजगारीको अवसर नहुँदा सुदूरपश्चिम प्रदेशबाट ठूलो सङ्ख्यामा मजदुरी गर्न भारत जाने बाध्यता रहँदै आएको छ । रोजगारीका सिलसिलामा भारत पुगेकाहरू निर्वाचनमा मताधिकार प्रयोग गर्न गौरीफन्टा नाका हुँदै स्वदेश फर्किरहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा दैनिक तीन सयभन्दा बढी नेपाली स्वदेश फर्किरहेको सीमा सुरक्षामा खटिएका अधिकारीहरूले जानकारी दिएका छन् । रोजीरोटीको जोहो गर्न भारत गएका कामदारहरू मुलुकमा परिवर्तनको आशा बोकेर फर्किरहेका छन् । अछामको मङ्गलसेन नगरपालिका–१३का झुमाकान्छा ढुङ्गानाले मुलुकमा परिवर्तनको अपेक्षासहित भोट हाल्न आएको बताए ।

Navadurga sun

गौरीफन्टा नाकामा भेटिएका उनले भने, “देशको परिस्थिति बदलिने आशामा आधा महिना ड्युटी छोडेर भए पनि भोट हाल्न आएका छौँ । हाम्रो एक मतले परिवर्तन हुन्छ भने २५–३० जना साथीसँगै आएका छौँ, अरू पनि अब आउँछन् ।” उनका अनुसार स्वदेशमै रोजगारीको अवसर सिर्जना होस् भन्ने अपेक्षाले उनीहरू मतदानमा सहभागी हुन फर्किएका हुन् ।

त्यस्तै गोदावरी नगरपालिका–३, कैलालीका प्रेम भण्डारीले देशमै रोजगारी सिर्जना होस् भन्ने सबैको चाहना रहेको बताए । “अब एक महिनासम्म यतै बस्छु, आफ्नो स्वविवेकले मताधिकार प्रयोग गर्न आएको हुँ,” उनले भने ।

सुदूरपश्चिमका धेरै नेपाली भारतका मुम्बई, दिल्ली, चेन्नई, गुजरात, सिमला, सुरत र रत्नागिरिलगायत स्थानमा काम गर्न जाने गरेका छन् । सहरी क्षेत्रमा लामो समयका लागि र सिमलालगायत क्षेत्रमा छोटो अवधिका लागि काम गर्न जाने परिपाटी रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...