गेटामा आगलागीः पसल जलेर नष्ट

धनगढी- कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल अगाडि रहेका पसलहरूमा गएराति आगलागी हुँदा तीन वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुमन रानाको पसलमा आगलागी भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाए ।

Navadurga sun
Godawari sandesh

स्थानीय बासिन्दा, प्रहरी तथा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

Loading...