कञ्चनपुरमा दुई अस्थायी मतदान केन्द्र निर्धारण

कञ्चनपुर- कञ्चनपुर जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन्। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीका अनुसार कारागार शाखा र भीमदत्त नगरपालिकाको कार्यालय परिसरमा अस्थायी मतदान केन्द्र स्थापना गरिनेछ।

जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीका लागि उक्त अस्थायी केन्द्र निर्धारण गरिएको हो। जिल्लामा पाँच सयभन्दा बढी अस्थायी मतदाता रहेका छन्, जसमध्ये २१ जना कैदीबन्दी छन्। कारागारमा रहेका सबै कैदीबन्दीले मतदान गर्न नपाउने र अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकालाई मात्र मतदानको व्यवस्था गरिएको अधिकृत जोशीले जानकारी दिए।

Navadurga sun

यसैबीच, जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको छनोट सम्पन्न भई तालिम सुरु गरिएको छ। आज निर्वाचन क्षेत्र नम्बर १ का लागि तालिम सञ्चालन गरिएको छ भने सोमबार निर्वाचन क्षेत्र नम्बर २ र ३ का लागि तालिम दिने योजना रहेको छ।

तीनवटै निर्वाचन अधिकृतको कार्यालयले सहायक कर्मचारी छनोट गरी खटाउने कार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। मतपत्र तथा निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री जिल्लामा आइपुगेको र सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयमा सामग्री रुजु गर्ने तथा पोका बनाउने काम जारी रहेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...