रास्वपा परित्याग गर्दै बिष्टको राजीनामा

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्ट ले पार्टी परित्यागको घोषणा गरेका छन्।

Ganyapdhura gau

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका बिष्टले पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका छन्। उनले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौं लाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

Navadurga sun
Godawari sandesh

बिष्ट २०७९ सालको निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाका दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका थिए। उनले रास्वपाले अघि सारेको युवा नेतृत्व, योग्यतालाई प्राथमिकता, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरी प्रणालीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रभावित भएर पार्टीमा आवद्ध भएको उल्लेख गरेका छन्।

Dadeldhura hospital

तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको उनको भनाइ छ। संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बनेको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा प्रश्न उठाएको उनले बताएका छन्।

यस्तो परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको बिष्टको भनाइ छ।

बिष्ट रास्वपाबाट कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न आकांक्षी थिए। तर पार्टीले आनन्द बहादुर चन्द लाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

अघिल्लो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका बिष्टले ३ हजार ४०५ मत प्राप्त गरेका थिए।

Couple
Loading...