अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा रहेको घण्टेश्वर माध्यमिक विद्यालयमा मन्दिर निर्माणका लागि युवा नेता तथा समाजसेवी लोकराज पाण्डेय (आगो) ले रू १०,००१ सहयोग गरेका छन् । अस्वस्थ रहँदै पनि पाण्डेयले विद्यालयको ३० औँ वार्षिकोत्सव र अभिभावक दिवस समारोहमा क्युआरमार्फत योगदान गरेका थिए ।




कार्यक्रममा सम्बोधन गर्दै उनले इमानदार र प्रतिबद्ध युवाहरूले विकासको नेतृत्व गर्न सक्ने बताए र विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुदृढ गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।


साथै, वडामा खेलमैदान निर्माणका लागि नेतृत्व गर्ने व्यक्तिलाई उनी रू ५०,००० सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। पाण्डेयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल भट्टलाई कक्षा ११ र १२ सञ्चालनको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।




