दुर्गा लक्ष्मी माविको हाफ म्याराथन र मित्र मिलन कार्यक्रम सम्पन्न

अत्तरिया- दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको २०८२ को हाफ म्याराथन दौड र मित्र मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले कार्यक्रम उद्घाटन गर्दै यस्ता गतिविधिले पुराना सम्झना दोहोरिनेसँगै मित्रता र साथित्व प्रगाढ हुने बताए। “दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि” नारासहित भएको दौडमा विद्यालयका पूर्व विद्यार्थी, पुरुष र महिला धावकले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

Navadurga sun

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई पुरस्कार वितरण गरिएको छ। प्रथम पुरस्कार २५,५५५, दोस्रो १५,५५५, तेस्रो ५,५५५ रुपैयाँ तथा महिला धावकका लागि विशेष पुरस्कार ५,५५५ रुपैयाँ प्रदान गरिएको आयोजक प्रेमराज भट्टले जानकारी दिए।

दौड दुर्गा लक्ष्मी माविबाट गोदावरी पुलसम्मको मार्गमा सम्पन्न भएको थियो। दौडपछिका कार्यक्रममा गोदावरी धाममा पूर्व विद्यार्थीहरूका लागि पिकनिक पनि आयोजना गरिएको थियो। मञ्चका संयोजक भट्टले म्याराथनलाई आगामी वर्षमा पनि निरन्तरता दिने र विद्यालय–पूर्व विद्यार्थी बीचको सम्बन्ध अझ प्रगाढ बनाउने योजना रहेको बताए।

पूर्व विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी र पत्रकारको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...