एभरेष्ट एकेडेमी मा २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२ मा रहेको एभरेष्ट एकेडेमी मा २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सुरु भएको छ । विद्यालय प्राङ्गणमा आयोजित औपचारिक समारोहका बीच कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान का उपकुलपति डा.टि.एन. जोशीले गरेका हुन् ।

Dadeldhura hospital

दुई दिनसम्म सञ्चालन हुने वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति दिएका छन् । कार्यक्रममा नृत्य, गीत, कविता वाचन, नाटक तथा विभिन्न रचनात्मक प्रस्तुति मार्फत विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरेका थिए । अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुति उत्साहका साथ अवलोकन गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक-शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालय प्रशासनका अनुसार वार्षिकोत्सवले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै अभिभावक र विद्यालय बीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Loading...