‘टीम नेपाल’ बिना देश अघि बढ्दैन: गगनको साझा अभियान प्रस्ताव

काठमाडौँ- नेपाली काँग्रेस का सभापति गगन थापा ले देशलाई सम्हालेर अघि बढाउन ‘टीम नेपाल’को अवधारणा अघि सारेका छन्। पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीय संरचनादेखि आम नागरिकसम्मलाई समेट्ने साझा प्रयास आवश्यक रहेको बताए।

उनका अनुसार ‘टीम नेपाल’ भित्र सातै प्रदेश, ७५३ वटै स्थानीय तह, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, निजी क्षेत्र तथा नागरिक समाज अटाउनुपर्नेछ। “सबैको अपनत्व र साझा प्रयासले मात्रै सरकार र व्यवस्थाले परिणाम दिन सक्छ,” उनले भने।

Navadurga sun

राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि देश निर्माणका लागि सबै दलको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। ‘देश बनाउनका लागि एमाले, माओवादी, रास्वपा, जसपासहित सबै चाहिन्छ, तर सबैलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँग मात्रै छ,’ उनले दाबी गरे।

थापाले गठबन्धनको राजनीतिले नागरिकको चयन गर्ने अधिकार प्रभावित गरेको आरोप लगाए। ‘हामीसँग लोकतन्त्र छ, तर लोकतन्त्रको मूल मर्म—चयन गर्ने अधिकार—गठबन्धनको राजनीतिले हाइज्याक गरिदिएको थियो,’ उनले भने। काँग्रेसले जित–हारभन्दा माथि उठेर राजनीतिक प्रदूषण सफा गर्ने प्रक्रिया सुरु गरेको उनको जिकिर थियो।

उनले राजनीतिक बहस मुद्दा केन्द्रित नभएकोप्रति पनि असन्तुष्टि जनाए। संविधानले दिएका अधिकार, सुशासन र विकासका एजेन्डामाथि सार्थक छलफल हुन नसकेको भन्दै उनले वर्तमान माहोल भत्किएको र बहसको स्पेस नै संकुचित भएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...