दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन, अब डेढ वर्षमै बन्नुपर्छ : बालेन शाह

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले विकास निर्माण छिटो र प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता जनाएका छन् ।

Dadeldhura hospital

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दुई वर्षमा बन्नुपर्ने बाटो डेढ वर्षमै निर्माण गर्ने आफ्नो एजेन्डा रहेको बताए । “दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन, अब डेढ वर्षमै बन्नुपर्छ,” उनले भने ।

Navadurga sun
Godawari sandesh

बालेनले आवश्यक परे कडा निर्णय लिएर भए पनि सडक निर्माण समयमै सम्पन्न गरिने धारणा राखे । सुदूरपश्चिममा ‘यो भेगमा मेरो भोट छैन, किन बाटो बनाउने?’ भन्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले यस्तो सोच बदल्नुपर्ने बताए ।

उनका अनुसार रास्वपा सरकारमा गए सबै दलका समर्थक र सम्पूर्ण नेपाली जनताले प्रयोग गर्ने सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।

Loading...