ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कैलाली- कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एकयुवककोमृत्यु भएको छ।

जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने २० वर्षीय बिमल चौधरी शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

Navadurga sun

गम्भीर घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...