धनगढीमा ‘केयरटेकर हस्पिटल’ सञ्चालनमा, सरकारी शुल्कमै विशेषज्ञ सेवा प्रदान गर्ने प्रतिबद्धता

धनगढी- सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले धनगढीमा ‘केयरटेकर हस्पिटल प्रालि’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सक टोलीमार्फत सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको हो।

अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले सरकारी शुल्कमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने जानकारी दिए। उनले धनगढीका सरकारी अस्पतालहरूमा अत्यधिक भीडभाड हुने र उपचार पाउन कठिनाइ हुने अवस्था रहेको उल्लेख गर्दै निजी अस्पतालमा शुल्क महँगो हुने समस्यालाई मध्यनजर गरी सेवा दिने उद्देश्यले अस्पताल स्थापना गरिएको बताए। “हामीले सरकारी शुल्कमै सेवा दिनेछौं। पैसा कमाउनु भन्दा पनि सेवा गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने।

Navadurga sun

अस्पतालमा टाउको, दिमाग, मेरुदण्ड तथा नसासम्बन्धी रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, बालरोग, स्त्री तथा प्रसूति रोग, मुटुरोग, जनरल मेडिसिन, रेडियोलोजी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, युरो सर्जरी लगायतका विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।

यसैगरी २४ सै घण्टा इमर्जेन्सी सेवा, स्तरीय एम्बुलेन्स, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्ड सेवा, आईसियु, एनआइसियु र डेलिभरी कक्षको व्यवस्था गरिएको छ। उच्च स्तरीय प्रविधियुक्त अपरेशन थिएटर र सुदूरपश्चिममै पहिलो पटक आधुनिक ‘मोडुलर’ अपरेशन कक्ष सञ्चालनमा ल्याइएको अस्पतालले दाबी गरेको छ।

अस्पताल व्यवस्थापनले विश्वसनीय, भरपर्दो र बिरामीमैत्री वातावरणमा सेवा दिने प्रतिबद्धता जनाएको छ। सुदूरपश्चिममा आधुनिक, विश्वासिलो तथा जनमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको अस्पतालले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...