मुख्यमन्त्री शाहसँग देउवाको भेट, भयरहित निर्वाचनमा जोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न निर्देशन दिनुभएको छ।

बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले उक्त निर्देशन दिनुभएको हो। उहाँले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता तथा कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताउनुभयो।

Navadurga sun

स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता रहेकोमा देउवाले जोड दिनुभयो।

उक्त अवसरमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको थियो। भेटका क्रममा सभापति देउवा र डा. राणा देउवाले मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...