

बैतडी- बैतडीमा बिहिबार जन्ती बस दुर्घटना हुँदा निधन भएका ७ जनाको एकै आगँनबाट पार्थिव शरिर उठाईएको छ ।



बिहिबार बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँको मोडमा जन्तीको बस दुर्घटनामा ज्यान गुमाएका केटा पक्षका सात जनाको अन्त्येष्टिको लागि एकै आँगनबाट पार्थिव शरीर उठाइएको हो ।


घटनामा १३ जनाको ज्यान गएकोमा बझाङको बित्थडचिर–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको शनिबार एकै चिहानमा अन्त्येष्टिका लागि लास उठाइएको छ ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए ।





