बैतडी बस दुर्घटनाप्रति प्रदेश सरकारको राहत घोषणा

धनगढी- बैतडीमा भएको भीषण बस दुर्घटनाबाट प्रभावित परिवारका लागि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उपचार सहयोगको निर्णय गरेको छ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ। साथै, दुर्घटनामा घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।

Navadurga sun

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले दुर्घटनाबाट प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।

विहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँ मोडमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर हालसम्म १३ जनाको ज्यान गएको पुष्टि भएको छ भने ३५ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रदेश सरकारले घाइतेहरूको उपचारमा कुनै कमी नआउने गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक अध्ययन र सतर्कता अपनाइने प्रदेश सरकारको भनाइ छ। दुर्घटनापछि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरूले उद्धार तथा उपचार कार्य तीव्र रूपमा अघि बढाएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...