महिला तथा बालबालिका सेभ हाउसमा भागवत महायज्ञ, मौलो पूजासँगै औपचारिक सुरुवात

अत्तरिया- कैलालीको अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसमा सञ्चालन हुन लागेको श्रीमद् भागवत महायज्ञको औपचारिक सुरुवात गरिएको छ। शुक्रबार मौलो पूजा सम्पन्न भएसँगै महायज्ञ प्रारम्भ भएको हो।

महिला तथा बालबालिका सेभ हाउसमा आश्रित अनाथ तथा असहाय बालबालिकाहरूका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले संस्थाकै आयोजनामा महायज्ञ गर्न लागिएको हो। सेभ हाउसमा आश्रित बालबालिकाहरूको पालनपोषणमा बेला–बेला आर्थिक समस्या आउने भएकाले दीर्घकालीन समाधानका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक पदमराज जोशीले जानकारी दिए।

Navadurga sun

त्यस्तै, संस्थाकी अध्यक्ष जानकी मलासीले संस्थाको आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको उल्लेख गर्दै संस्थाको भवन निर्माणका लागि पनि स्रोत संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताइन्।

महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिनेछ। माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना गरिने आयोजकले जनाएको छ। कथा प्रवचन सुमि मानवसहितको समूहले गर्नेछ भने मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्।

महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका विभिन्न धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन्।

हाल महिला तथा बालबालिका सेभ हाउसमा ४० भन्दा बढी अनाथ तथा असहाय बालबालिका आश्रित रहेका छन्। संस्थाको आफ्नै भवन नहुँदा हाल पद्मा अस्पतालले उपलब्ध गराएको भवनबाट सेवा सञ्चालन हुँदै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...