प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष घोषणा, पत्रकार सावद र शाह सम्मानित

धनगढी- प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८ औँ स्थापना दिवसको अवसरमा पत्रकार अक्षयकोष स्थापना गरेको छ। पत्रकारलाई आइपर्ने विभिन्न समस्या, दुर्घटना तथा स्वास्थ्य संकटमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

प्रेस चौतारीमा आबद्ध पत्रकार तथा विभिन्न पत्रकार र सामाजिक क्षेत्रका व्यक्तिहरूबाट संकलित १ लाख ५० हजार रुपैयाँ रकम जम्मा गरी स्थापना दिवसकै अवसरमा अक्षयकोषको औपचारिक घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले अक्षयकोषको औपचारिक घोषणा गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अक्षयकोषको सावाँ रकम नचलाइ ब्याजबाट प्राप्त रकम पत्रकारको हकहितका पक्षमा खर्च गरिने प्रेस चौतारी कैलालीका अध्यक्ष जनकसिंह बिष्टले बताए । उनका अनुसार पत्रकार दुर्घटनामा परेमा वा बिरामी भएमा ब्याजबाट प्राप्त रकमबाट सहयोग गरिनेछ । साथै पत्रकारका श्रीमती वा छोराछोरीलाई समेत यस्ता समस्या परेमा सहयोग गर्न सकिने उनले जानकारी दिए । अध्यक्ष बिष्टले अक्षयकोषको रकम वृद्धि गर्न सबैलाई सहयोग गर्न आग्रह पनि गरे ।

स्थापना दिवसकै अवसरमा जिल्ला समितिले चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार लिलाजंग शाहीलाई नगदसहित सम्मान गरेको छ । यस्तै युवा प्रतिभा पुरस्कारबाट पत्रकार कमल सावद सम्मानित भएका छन् । यो पुरस्कार यस वर्षदेखि सुरु गरिएको र हरेक वर्ष निरन्तरता दिइने प्रेस चौतारी कैलालीका सचिव दिनेश बिष्टले बताए ।

कार्यक्रमकै अवसरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको स्मारिका विमोचन गरिएको थियो । साथै कञ्चनपुर र बाजुरा जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मान गरिएको छ भने, तीन जना पत्रकारलाई विभिन्न विधाबाट सम्मान गरिएको छ । कार्यक्रममा नेकपा एमाले उपमहासचिव लेखराज भट्ट, प्रेस चौतारी सुदूरपश्चिम इन्चार्ज दील बहादुर छत्याल, नेकपा एमाले केन्द्रीय सदस्यहरू लिला भण्डारी, सन्तोष शर्मा थापा, सुदूरपश्चिम प्रदेश सचिव रण बहादुर चन्द, उपसचिव भागरथी बिष्ट, प्रेस चौतारी कैलाली अध्यक्ष यज्ञराज ढुंगानालगायतको सहभागिता रहेको थियो ।

Loading...