सुदूरपश्चिम प्रदेशमा फागुन २१ का लागि १५ हजार कर्मचारी परिचालन

सुदूरपश्चिम प्रदेशका २ हजार १९९ मतदान केन्द्रमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १५ हजार ३९३ कर्मचारी खटाइने भएको छ। प्रत्येक केन्द्रमा अधिकतम सात जना कर्मचारी परिचालन गरिने छ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रमा निर्वाचन गराउन संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाइने छन्। कार्यालय प्रमुख प्रेमराज भट्टले बताएअनुसार प्रत्येक केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक अधिकृत, एक सहायक कर्मचारी र स्वयंसेवक रहनेछन्। आवश्यक परे शिक्षक पनि खटाइने तयारी भइरहेको छ।

Navadurga sun

जिल्लागत रूपमा कैलालीमा ५ निर्वाचन क्षेत्रका लागि ४ हजार ४८७, कञ्चनपुरमा ३ निर्वाचन क्षेत्रका लागि २ हजार ५२० र अछाममा २ निर्वाचन क्षेत्रका लागि १ हजार ४९१ कर्मचारी परिचालन गरिने छ। यस्तै डोटीमा १ हजार २६०, दार्चुलामा १ हजार १, डडेलधुरामा ९८७, बाजुरामा ८२६, बझाङमा १ हजार ३२३ र बैतडीमा १ हजार ४९८ कर्मचारी खटाइने बताइएको छ।

प्रदेशका ९ जिल्लामा १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रदेशमा हाल ८ लाख ६४ हजार ४२३ महिला र ८ लाख ५२ हजार २१९ पुरुष गरी कुल १७ लाख १६ हजार ६६० मतदाता छन्। पछिल्लो मतदाता नामावली संकलनमा ४६ हजार २० मतदाता थपिएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...