सृजनशील युवा क्लबको क्रिकेट लिगमा मछेली खोला च्याम्पियन

अत्तरिया- माघ १२ गतेदेखि सुरु भएको लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा मछेली खोला टिमले भल्का धाम टिमलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ।

पहिला ब्याटिङ गरेको मछेली खोलाले निर्धारित ओभरमा २०६ रन बनाएको थियो। टिमका लागि मोहन ठगुन्नाले ६१, सन्दिप बिष्टले ४४, र नकुल तामाङले ३० रनको योगदान दिएका थिए। बलिङतर्फ भल्का धामका किसन भाट, भोज मल्ल, कृष भण्डारी, गणेश जोशी, र कमल कडायतले समान १–१ विकेट लिएका थिए।

Navadurga sun

जवाफी ब्याटिङमा उत्रिएको भल्का धाम टिम ७९ रनमै अलआउट भयो र मछेली खोला सहज जित निकाल्न सफल भयो।

प्रतियोगितामा कुल ८ वटा टिम सहभागी भएका थिए। आयोजक क्लबका अनुसार लिग अन्तर्गत भोलिदेखि भलिबलका खेलहरू सुरु हुनेछन्। प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै प्रतिभा पहिचानमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...