मोहना नदीमाथि पक्की पुलको शिलान्यास, कृष्णपुर–गोदावरी आवागमन सहज हुने विश्वास

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ र कैलालीको गोदावरी नगरपालिका–३ तथा १० लाई जोड्ने मोहना नदीमाथिको पक्की पुलको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बीच पुलको शिलान्यास गर्दै पुल निर्माणपछि दुवै पालिकाबीचको आवागमन सहज हुने विश्वास व्यक्त गरे ।

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट

शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले पुललाई केवल भौतिक संरचना मात्र नभई स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको अत्यन्त आवश्यक पूर्वाधारका रूपमा वर्णन गरे । “यो पुल बनेपछि शिक्षा, स्वास्थ्य, व्यापार तथा आपतकालीन सेवामा ठूलो सहजता आउनेछ,” उनले भने । साथै उनले पुलले खेलकुद विकासमा समेत योगदान पुर्‍याउने र यस क्षेत्रको सडक सञ्जाललाई प्रभावकारी तथा व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारको ४ करोड १५ लाख ११ हजार ८५ रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त पुल ४० मिटर लम्बाइ र ८.२ मिटर चौडाइको हुनेछ । निर्माण कार्य २०८३ पुस ३० गतेभित्र सम्पन्न गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

पुल निर्माणको ठेक्का धनगढी–५ स्थित असु खप्तड भैरव जेभीले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि दीपक कुँवरका अनुसार २०८२ असार २० गते सम्झौता भए पनि वर्षायाम र केही प्राविधिक कारणले काम ढिलो सुरु भएको हो । “सम्झौता अवधिभित्रै, सम्भव भएसम्म त्यसअगावै पुल सम्पन्न गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं,” उनले बताए ।

कार्यक्रम गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष शाहीले दशकौँदेखि पुलको अभावमा स्थानीयले भोग्दै आएको समस्या अब समाधानतर्फ उन्मुख भएको बताए । “यो पुल हाम्रो वडाका लागि दीर्घकालीन उपलब्धि हो,” उनले भने ।

कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष तेजराज अवस्थी, कृष्णपुर नगरपालिका–५ का वडाध्यक्ष टेकराज पाण्डेय, लोकराज पाण्डेय आगो, योगेश भट्ट, भलमन्सा दशी राम चौधरी, जंबहादुर सुनार, रमेश ताम्राकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बहुमुखी कला मन्दिर युवा क्लबका राम बोगटीको मन्तव्यबाट सुरु भएको शिलान्यास कार्यक्रमको सञ्चालन प्रेम बोगटीले गरेका थिए ।

पुल नहुँदा मोहना नदी वारपार गर्न जोखिम मोलेर आवतजावत गर्न बाध्य स्थानीय शिलान्याससँगै उत्साहित देखिएका छन् । उनीहरूले पुल निर्माणपछि सुरक्षित, सहज र वर्षभरि निर्बाध आवतजावत सम्भव हुने विश्वास व्यक्त गरेका छन् । पुल निर्माणसँगै यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Dadeldhura hospital

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै गोदावरी नगरपालिका १० का वडा अध्यक्ष रविन्द्र शाही गुड्डु

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै योगेश भट्ट

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै लोक राज पाण्डेय

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै भलमन्सा दशी राम चौधरी

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै रमेश ताम्राकार

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै जंबहादुर सुनार

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै बहुमुखी कला मन्दिर युवा क्लबका राम बोगटी

यहाँ CLICK गर्नुहाेसः मोहना नदी पुल गोदावरी नगरपालिका ३ र कृष्णपुर नगरपालिका ५ जोड्ने सडक पुलको ठेकेदारको जिम्मा पाएका असु खप्तड भैरव जेभी का प्रतिनिधि दिपक कुँवर

Loading...