बालेन आज कैलाली–कञ्चनपुरमा रास्वपाको चुनावी अभियानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिएका छन्। बालेनलाई स्वागत तथा अभिनन्दन गर्न दुवै जिल्लामा विशेष कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।

Dadeldhura hospital

बिहान ७ बजे राजापुरमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमसँगै उनको अभियान सुरु भएको हो। राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरिया हुँदै धनगढी बजारसम्म स्वागत कार्यक्रम आयोजना गरिने कार्यतालिका छ।

Navadurga sun
Godawari sandesh

दिउँसो ३ः३० बजे धनगढीबाट पुनर्वासतर्फ प्रस्थान गर्ने बालेन कञ्चनपुरका झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।

 

Loading...