सुदूरपश्चिम प्रदेशका आठ जिल्लाबीच क्रिकेट भिडन्त माघ १२ गतेदेखि

समूह ‘ए’ र ‘बी’ का खेल तालिका र फाइनल मिति सार्वजनिक

बैतडी- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि हुने भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहनेछ। 

Ganyapdhura gau

प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ।  खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए। समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् भने समूह ‘बी’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन् ।

Navadurga sun
Godawari sandesh

प्रतियोगिताको उद्घाटन खेलमा माघ १२ गते कैलाली र अछाम भिड्नेछन्। माघ १३ गते कञ्चनपुर र अछाम, १४ गते कैलाली र डोटी, १५ गते अछाम र डोटी, १६ गते कैलाली र कञ्चनपुर, १७ गते कञ्चनपुर र डोटीबीच प्रतिस्पर्धा हुनेछ। 

यस्तै, माघ १८ गते बैतडी र दार्चुला, १९ गते बझाङ र दार्चुला, २० गते डडेल्धुरा र बझाङ, २१ गते डडेल्धुरा र दार्चुला, २२ गते बैतडी र बझाङ तथा माघ २३ गते डडेल्धुरा र बैतडी आमनेसामने हुनेछन्। दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने एक/एक टोलीले माघ २४ गते फाइनल खेल्नेछन्। प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइने सङ्घले जनाएको छ। रासस

समूह विभाजन

Dadeldhura hospital
  • समूह ‘ए’: कैलाली, कञ्चनपुर, डोटी, अछाम

  • समूह ‘बी’: बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ

खेल तालिका (मुख्य खेलहरू)

समूह ‘ए’:

  • माघ १२: कैलाली vs अछाम

  • माघ १३: कञ्चनपुर vs अछाम

  • माघ १४: कैलाली vs डोटी

  • माघ १५: अछाम vs डोटी

  • माघ १६: कैलाली vs कञ्चनपुर

  • माघ १७: कञ्चनपुर vs डोटी

समूह ‘बी’:

  • माघ १८: बैतडी vs दार्चुला

  • माघ १९: बझाङ vs दार्चुला

  • माघ २०: डडेल्धुरा vs बझाङ

  • माघ २१: डडेल्धुरा vs दार्चुला

  • माघ २२: बैतडी vs बझाङ

  • माघ २३: डडेल्धुरा vs बैतडी

Couple
Loading...