कञ्चनपुरमा रहेको मझगाउँ सुरक्षा बेश क्याम्प उत्कृष्ट सुरक्षा इकाई घोषित

कञ्चनपुर-  सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत कञ्चनपुर जिल्लामा रहेको मझगाउँ सुरक्षा बेश क्याम्प यस क्षेत्रकै उत्कृष्ट सुरक्षा इकाईका रूपमा घोषित भएको छ।

केन्द्रीय निरीक्षण तथा उत्कृष्ट इकाई छनोट एवं इकाईहरूको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८२ बमोजिम गरिएको मूल्याङ्कन अनुसार सुदूरपश्चिम बाहिनी मातहतका सुरक्षा बेशहरू मध्ये मझगाउँ उत्कृष्ट ठहरिएको हो।

Navadurga sun

२५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत जयन्ती का अवसरमा आयोजित विशेष समारोहमा उक्त बेश क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई शुक्रबार सम्मान गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा आयोजित कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप कुमार पालले उत्कृष्ट इकाई पुरस्कार प्रदान गर्नुभएको हो।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हे.क्वा. शैलेश्वरी ले पनि सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीलाई प्रशंसापत्र प्रदान गरेको छ।
शुक्रबार आयोजित २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ती समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले जोशीलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको हो।

आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा, अमन–चयन कायम गर्नुका साथै अवैध राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...