बाजुरामा स्वतन्त्रसहित ८ दलले गराए मनोनयन दर्ता

बाजुरा- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा बहुकोणीय प्रतिस्पर्धाको संकेत देखिएको छ । हालसम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दल र स्वतन्त्रतर्फबाट आठ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजे सम्मको समयभित्र स्वतन्त्रसहित ८ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

Navadurga sun

सार्वजनिक भएका उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डीसी, र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...