धनगढी- कैलालीको घनगढी उपमहानगरपालिका–६ दोघरा टोलका २१ वर्षीय दिर्घ खड्काको करेन्ट लागेर मृत्यु भएको छ ।



मंगलवार साँझ करिब ७:४५ बजेतिर आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागी खड्का गम्भीर घाइते भएका थिए ।


परिवार तथा स्थानीयले उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले
घटनापछि थप प्रक्रिया अघि बढाइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





