



धनगढी- धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने र आफ्नो पाँच वर्षे कार्यकालसम्म स्वतन्त्र मेयरकै रूपमा काम गर्ने स्पष्ट पारेका छन्।


उनले हालै सामाजिक सञ्जाल र अनलाइनमा आएका अफवाहपूर्ण समाचारहरू निराधार भएको बताउँदै, जनतालाई हल्लामा नपर्न आग्रह गरेका छन्। हमालले जनताले दिएको विश्वास र म्यान्डेटलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता दोहोर्याए।





