राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ४,४३९ जनशक्ति माग

सुपरिवेक्षक र गणक पदमा आवेदन दिन २१ दिनको समय

काठमाडौँ- सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो।

कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक माग गरेको हो। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ भने गणकका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ। सेवा सुविधाका हकमा सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ। योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ।

आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिनेछ। इच्छुक व्यक्तिहरूले राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। म्याद नाघी वा रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ।

सुपरिवेक्षक र गणक पदमा आवेदनको सूचना CLICK गरि हेर्नुहोस

Loading...