दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा विगतका राजनीतिक अभ्यासप्रति जनतामा बढ्दो निराशाबीच डा. जनक राज पन्त नयाँ सोच, स्पष्ट लक्ष्य र ऊर्जाका साथ सक्रिय देखिनु भएको छ ।




डा. पन्त हाल शैल्यशिखर नगरपालिकाका दुर्गम बस्ती तथा ग्रामीण क्षेत्रहरूको स्थलगत भ्रमणमा रहँदै स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षाहरू प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरिरहनु भएको छ। भुइँमान्छेका भावना, वृद्धवृद्धा र युवाहरूका कुरा नजिकबाट सुन्दै उहाँ जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।


आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा शैल्यशिखर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारीसहित डा. पन्त जनताको भरोसा बोकेर समग्र नगरको नेतृत्व सम्हाल्ने आकांक्षा राख्नु भएको छ । आफ्ना कमजोरीहरू सुधार्दै अग्रजहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्दै अघि बढ्ने उहाँको भनाइ छ ।
हाल डा. जनक राज पन्त शैल्यशिखरवासीको घरदैलोमा पुग्दै जनमत संकलन गर्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सुशासनलगायत जनसरोकारका विषयमा खुला संवाद गरिरहनु भएको छ ।




