गोदावरी नगरपालिकामा माघ २ गते सार्वजनिक बिदा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले माघ २ गते स्थानीय बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा उक्त दिन बिदा दिइने भएको हो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जारी गरेको सूचनामा माघ ३० गते सम्पन्न १३६औँ कार्यपालिका बैठकको निर्णयअनुसार बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ। बिदाको दिन नगरपालिका तथा नगरपालिका मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ।

Navadurga sun

माघी पर्वकै अवसरमा बुधबार प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ भने बिहीबार राष्ट्रिय बिदा रहेको छ। साथै माघ ३ गते शनिबार परेकाले माघ २ गतेको स्थानीय बिदासहित लगातार चार दिन बिदा हुने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...