समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको १४औँ साधारणसभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको अतरिया शाखाको १४औँ साधारणसभा प्रतिनिधिमूलक समापन कार्यक्रम पौष ३० गते पतञ्जली योग हल, गोदावरी नगरपालिका–१ अतरिया, कैलालीमा सम्पन्न भएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको बेनथोक–२ ढुङ्कर्कमा मुख्य कार्यालय रहेको यस सहकारी संस्थाको अतरिया शाखाको साधारणसभा आज अतरियामा सम्पन्न भएको हो।

Godawari sandesh
Navadurga sun

संस्थाका केन्द्रिय सचिव प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकाया उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी तथा काठमाडौँका समाजसेवी डा. नारायण श्रेष्ठ रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका इटहरी शाखा व्यवस्थापक उमेश दाहालले गर्नुभएको थियो भने सुखड शाखाकी व्यवस्थापक भावना बिष्टले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

Dadeldhura hospital

हाल संस्थामा २२ हजार ८१० जना शेयर सदस्य रहेका छन् भने १४७ जना कर्मचारी कार्यरत छन्। संस्थाको चुक्ता शेयर पूँजी ३ करोड ५५ लाख ७७ हजार ४०० रुपैयाँ रहेको छ। त्यस्तै निक्षेप २३ करोड ११ लाख ७१ हजार ४२४ रुपैयाँ, खुद नाफा ४ करोड ३४ लाख ९४ हजार ८५६ रुपैयाँ र स्थिर सम्पत्ति १ करोड ७५ लाख ७२ हजार ४९१ रुपैयाँ रहेको विवरण प्रस्तुत गरिएको छ। संस्थासँग हाल जग्गा तथा भवन नभए पनि नगद तथा बैंक मौज्दात ३ करोड ६७ लाख ६४ हजार ५८७ रुपैयाँ रहेको बताइएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर रोकायाले समृद्ध नेपाल कृषि सहकारी संस्था शेयर सदस्यहरूको विश्वास जित्न सफल भएको सहकारी भएको उल्लेख गर्नुभयो। सहकारीले आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्दै निरन्तर प्रगति गरिरहेको देख्दा आफूलाई खुशी लागेको बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विगतमा सानो ऋणका लागि पनि साहु–महाजनको शरणमा जानुपर्दा चर्को ब्याज तिर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै सहकारी प्रणालीका कारण अहिले सर्वसाधारण लाभान्वित भएको बताउनुभयो। साथै संस्थाको दीगो विकासका लागि शेयर सदस्यहरूले निगरानी गर्नुपर्ने, कर्मचारीहरूले इमान्दारिताका साथ काम गर्नुपर्ने र सञ्चालक समितिले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै कार्यक्रममा डेउडा गित तथा नृत्य हरु समेत  प्रस्तुत गरिएका थिए।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष प्रकाश आचार्यले संस्थाप्रति सदस्यहरूको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सबैले हातेमालो गर्दै संस्थालाई अझ अगाडि बढाउन आह्वान गर्नुभयो।

Loading...