भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद, ७ जना सफाइ

अत्तरिया- कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले उक्त फैसला सुनाएको हो ।

अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मुख्य अभियुक्त नवीन रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही गरी ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैदको सजाय तोकिएको छ ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल, शोहन शाह, लोकेन्द्र कुवँरसविनजंग शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ ।

अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको छ । मुद्दाको सुरूदेखि फरार रहेका लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।

सजाय तोकिएका १३ जनाले संयुक्त रूपमा पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाही आधारमा तिर्नुपर्ने आदेश पनि अदालतले दिएको छ । साथै, उनीहरूबाट कानुन बमोजिम जनही २ हजार ८ सय रुपैयाँ पीडित राहत रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ ।

भूपेन्द्र बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । यस घटनामा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।

Loading...