शुक्लाफाँटामा जनसहयोगबाट क्रिकेट पूर्वाधार निर्माण, खेलाडी स्वयं श्रमदानमा

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयको खेलमैदानमा जनसहयोग सङ्कलन गरी क्रिकेट पूर्वाधार निर्माण सुरु गरिएको छ। कृष्णसार फाउन्डेसनको नेतृत्वमा स्थानीयस्तरमै आर्थिक सहयोग जुटाई क्रिकेट मैदान सम्याउने तथा पिच निर्माण कार्य अगाडि बढाइएको हो।

Ganyapdhura gau

राज्यका तर्फबाट खेलकुद पूर्वाधारमा पर्याप्त लगानी नहुँदा स्थानीय पहलमै यो कार्य थालिएको फाउन्डेसनका अध्यक्ष विवेक रावलले जानकारी दिए। नगरपालिकाको स्रोतसाधन प्रयोग गरी मैदान सम्याउने कामसँगै टर्फ र सिमेन्ट गरी दुवै प्रकारका क्रिकेट पिच निर्माण भइरहेको उनले बताए। “खेलाडीहरू फुटेको पिच र च्यातिएको जालीमा अभ्यास गर्न बाध्य थिए,” अध्यक्ष रावलले भने, “उनीहरूको समस्यालाई मध्यनजर गर्दै दिगो समाधानको प्रयास गरेका हौँ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हाल मैदान सम्याउने तथा पिच निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उक्त मैदानमा महिला र पुरुष गरी करिब ४० जना क्रिकेट खेलाडी नियमित प्रशिक्षणमा संलग्न छन्। प्रशिक्षणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेका आशिष लुहार, सुशील रावल, कैलाश ऐर, सुरज तिरुवा, सुवेश रावल, आशिका महरा, रविना धामी र मनिषा खत्री लगायतका खेलाडीहरू सहभागी छन्।

प्रशिक्षक साजन गौतमका अनुसार खेलाडीहरू स्वयं श्रमदानमा खटिएर ढुङ्गा मिलाउने, माटो बोक्ने र पिच सम्याउने काममा सक्रिय छन्। “क्रिकेट पूर्वाधार निर्माणका लागि अझै आर्थिक अभाव रहेकाले थप सहयोगी हातहरूको खाँचो छ,” उनले बताए।

यसैबीच निर्माणाधीन क्रिकेट मैदान र पिचको सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र नेपाल क्रिकेट टोलीका छनोटकर्ता (सेलेक्टर) युनिल श्रेष्ठलगायतको टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा सेलेक्टर श्रेष्ठले खेलाडीहरू आफैँ खटिएर टर्फ पिच निर्माणमा लागेको कार्यलाई उदाहरणीय भन्दै प्रशंसा गरे।

सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष जोशीले यस क्षेत्रका खेलाडीहरूले राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै क्रिकेट पूर्वाधार निर्माणपछि अझ धेरै प्रतिभाशाली खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

Couple
Loading...