पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाह आधुनिक नेपालको एकीकरण अभियानका प्रमुख नेतृत्वकर्ता हुन्।

यस अवसरमा सधैँझैँ आज सिंहदरबार पश्चिम ढोका अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा चियापान समारोहको आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।

Navadurga sun

शाहको जन्मस्थान गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदैछ। यस्तै, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेको छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बीच बाइसे–चौबीसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको आधार तयार गरेका थिए। उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरी एकीकरण अभियान सञ्चालन गरेका थिए। शाहको विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र विविधताबीचको एकतालाई सुदृढ बनाउने प्रेरणा दिने विश्वास गरिएको छ। यस अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...